Websoft University

विराटनगर प्राइम राउण्ड टेवलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


विराटनगर। रातो तारा डट कम, विराटनगर प्राइम राउण्ड टेवल १० ले विराटनगरस्थित कोभिड अस्पताल र बूढीगंगास्थित कंकालिनी गणको आइसोलेसनलाई पीपीई, डसना, इलेक्ट्रिक जगलगायतका सामग्रीहरू हस्तान्तरण गरेको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित एक कार्यक्रममा विराटनगर  प्राइम राउण्ड टेवल १० ले मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र कंकालिनी गणका प्रतिनिधिलाई स्वास्थ्य सामग्रीलगायतका सामानहरू हस्तान्तरण गरेको हो ।
कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य  सामग्रीहरू हस्तान्तरण गरिएको प्राइम राउण्ड टेवल १० का अध्यक्ष विकी गोयलले जानकारी दिए । उनका अनुसार प्राइम राउण्ड टेवल १० ले कोशी कोभिड अस्पताललाई इलेक्ट्रिक जग १० थान, वेड सिट ७० थान र पिपिइ २५ थान हस्तान्तरण गरेको छ । यस्तै सशस्त्र प्रहरी कंकालिनी गणलाई २० वटा डसना प्रदान गरेको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमको संयोजन श्याम राठी, अभिजित सिंह र अमित अग्रवालले गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.