Websoft University

अञ्जली अधिकारी तथा दिक्पाल कार्की अभिनित दधीको 'मेरो माया हेरिदेउ ’ (भिडियो )


काठमाडौं । रातो तारा डट कम, गीतकार दधी अधिकारीको नयाँ गीत ‘मेरो माया हेरिदेउ एक फेरी’  सार्वजनिक भएको छ । लोकप्रिय गायक एबम संगीतकार शिशिर योगीको संगीत तथा शिशिर योगी र रजिना रिमालको स्वर रहेको गीतको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी तथा दिक्पाल कार्कीले अभिनय रहेको छ ।

साईपल क्रियसनको पहिलो निर्माण रहेको  भिडियोमा राजन शाहीको कोरियोग्राफी , आवेश बज्राचार्यको सिनेमाटोग्राफी र  माधव बेलबासेको सम्पादन रहने छ । भिडियोको निर्देशन  मोडल, टेलिभिजनकर्मी हुँदै निर्देशक बनेका प्रहिल कार्कीले गरेका हुन।  हाल लोकप्रिय गायक, गायिका एबम संगीतका हरुको स्वर ,संगीत रहेको गीतको भिडियो मेकिङमा  ब्यस्त  उनी पछिल्लो समय राम्रा र गुणस्तरीय भिडियो निर्देशकको रुपमा आफ्नो पहिचान बनाउदै छन ।

भिडियोलाई साईपल क्रियसनको युट्युबबाट रिलिज गरिएको हो । आगामी दिनमा पनि साईपल क्रियसन मार्फत राम्रा राम्रा गीतहरुको भिडियो निर्माण गरिने यसका सन्चालक एबम गीतकार दधी अधिकारीले जानकारी दिनु भयो 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.