Websoft University

कोरोना सङ्क्रमितको संख्या नेपालमा ४० हजार ५ सय २९ पुग्यो


काठमाण्डौ भाद्र १६ गते । रातो तारा डट कम, मुलुकभर २४ घन्टामा थप १ हजार ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ४ सय ८१ सहित १ हजार ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमा काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोना पुष्टि हुनेमा ३४४ महिला र ७२५ जना पुरुष रहेका छन् । सङ्क्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या १८ हजार ११२ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १७८ रहेको छ ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.