Websoft University

लगातारको वर्षाले बाढी र पहिरोका कारण ठाउ ठाउमा सडक अवरुद्ध



काठमाण्डौ असोज ९ गते । रातो तारा डट कम, देशभर भारी वर्षाका कारण देशका विभिन्न ठाउँका सडक भत्किएर बन्द भएका छन् । मुख्य राजमार्ग हरुमा समेत बाढी र पहिरोले सडकहरु अवरुद्ध भएपछि यातायातका साधान ठाउँ ठाउँमा रोकिएकाछन् ।

लमजुङको राइनास नगरपालिका ८ को गौरीटारमा पहिरो खस्दा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड बन्द भएको छ । यस्तै पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँ–ठाउँमा पहिरो गएको छ । तनहुँको भीमाद नगरपालिका २ का खडानन्द सिग्देलको गोठ भत्किँदा गोठमा रहेका वस्तु मरेका छन् । 

निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानव बस्तीमा पसेको छ । तीन दिनदेखि परेको पानीले गर्दा नदीको सतह बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ । चितनमा नारायणी, रापती, माडीको रिउलगायतको नदी र खोलामा बाढी आएको छ । 

चितवन र नवलपरासीको सीमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गमथलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.