Websoft University

पहिरोले पुरिएर २ जनाको मृत्यु

फायल फोटो-
ताप्लेजुङ,भाद्र-२२ गते । रातो तारा डट कम,ताप्लेजुङ सिरिजंघा गाउँपालिका-४ का दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र  ५५ बर्षीय विष्णुदास थेवे रहेका छन । गए राती परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन समेत माथबाट झरेको पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सोही आयोजनाको पावर हाउसमा लिम्बु र थेवे अप्रेटरको काम गर्दै आएका थिए । पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस बगाउदा उनिहरुको पनि पुरिएर मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटि गई लाश को उद्धार गरी कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.