Websoft University

मुर्ती चोरी गर्ने पक्राउ


सोलु, भाद्र-२३ गते । रातो तारा डट कम,सोलुखुम्बु दुधकुण्ड-८ चागेस्थान स्थितमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन ।  
हिजो दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा  सिंहको मुर्ती हराएपछी मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछी राती पौने ११ बजे जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण-११ स्थितमा रहेको एक होटलबाट उनले चोरी गरी लगेको मुर्ती सहित पक्राउ गरेको हो । 
पक्राउ परेका उपर कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.