Websoft University

सरकारको नियम मान्दै किसानहरु खेतबारीमा काम गर्दै,


काठमाण्डौ भाद्र २१ गते । रातो तारा डट कम,समुदायस्तरमा कारोना भाइरसको सङक्रमण फैलने जोखिम भएपछि  बिभिन्न जिल्लामा  निषेधाज्ञा जारी गरिएको छ ।  तर ग्रामिण क्षेत्रमा यतिबेला कामको चटारो छ । 

उनीहरुले स्वास्थ्य सर्तकता अपनाउँदै काम गरिरहेका छन् । सुदुरपश्चिमका किसानहरु यतिबेला मकै भाच्ने, धान काट्ने लगायतका कामा व्यवस्त छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्थानीय सरकारले सचेतना अभियान तीव्र पारेसंगै खेतबारीमा काम गर्दा पनि उनीहरुले दुरी कायम गरि सचेतनाका साथ गरिरहेका छन् । 

अजैमेरु गाँउपालिका ५ का देबकी मल्ल सर्तकता अपनाएर काम गरिरहेको बताउँनुहुन्छ । सुदुरपश्चिममा गहँु पछिको मुख्यबालि धान र मकै हो । मकै थन्क्याउने र धानको गोडमेलमा व्यस्त रहेका किसानलाइ कोरोनाको डर मानेर घरमा नै बसेर पुग्दैन । 

त्यसैले स्वास्थ्य सचेतना अपनाइ काम गरिरहेको सिगास गाँउपालिका बैतडीका बिमला धामिले बताउनुभयो । कोरोना भाईरसबाट बच्नको लागि सरकारले एक परिवारका सदस्य बाहेक अन्यसंग भेटघाट हुने कामलाई निषेध गरेको छ । सरकारको नियम मान्दै किसानहरु खेतबारीमा काम गरिरहेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.