Websoft University

मन्त्रालयल कोरोना रोकथामका लागिजनचेतना जगाउने


काठमाण्डौ भाद्र २१ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकाका १३ स्थानमा कोभिड १९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन स्वयमसेवक परिचालन गरेको छ । मन्त्रालयले कोभिड १९ को सङ्क्रमण फैलिएकाले ती स्थानका समुदायलाई चेतनामूलक कार्यक्रम गर्न स्वयमसेवक परिचालन गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । 

ती स्थानमा गई स्वयमसेवकले कोभिड १९ बाट बच्नका लागि जनसमुदायलाई जनचेतना मूलक कार्यक्रम मार्फत आग्रह गर्नेछन् । उपत्यकामा दैनिक सङ्क्रमण बढिरहेकाले मन्त्रालयले जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्न थालेको हो । स्वयमसेवकले जनस्वास्थ्य प्रवद्र्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै कोभिड १९ सम्बन्धी स्वास्थ्य शिक्षा सामग्री समेत वितरण गर्नेछन् । 

कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज, पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो र भक्तपुरका सबै नगरपालिकामा स्वयमसेवक परिचालन गरी कोभिड १९ का बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.