Websoft University

तेक्वाडोका खेलाडी र प्रशिक्षक सम्मानित


विराटनगर  असोज ५  गते । रातो तारा डट कम,  तेक्वाण्डोका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरू सम्मानित भएका छन् । तेक्वाण्डो एसोसियसन १ नम्बरको १९ औं वार्षिकोत्सव तथा खेलाडि, प्रशिक्षक र जिल्ला संघ सम्मान कार्यक्रम गरि उनीहरूलाई सम्मान गरिएको हो ।

तेक्वान्दोको उत्कृष्ट महिला खेलाडीमा मोरङकी केरिषा आचार्य, पुरुष तर्फ वर्षको उत्कृष्ट खेलाडी झापाका रोशन मगर, वर्षको उत्कृष्ट प्रशिक्षक मोरङका चतुरलाल चौधरी र उत्कृष्ट उदीयमान प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङ सम्मानित भएका छन् । यस्तै वर्षको उत्कृष्ट जिल्ला संघमा झापा जिल्ला तेक्वाडो संघलाई सम्मान गरियो ।

सम्मानित हुनेहरूलाई १ नम्बर प्रदेशको सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेरले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

कार्यक्रममा नेकपा दमक नगर सचिव बस्नेत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. १ का अध्यक्ष अर्जुन जम्नेली राई, नेपाल इन्टरनेशनल तेक्वाण्डो महासंघका उपाध्यक्ष प्रविन कार्कीलगायतको सहभागिता रहेको थियो ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.