Websoft University

अबैध तरिका ले काठ काटन दिने उदयपुरका दुई सामुदायिक बन उपभोक्ता समुहका अधक्ष्य पक्राउ-छानबिन सुरु

श्याम राई-गाईघाट २१ भदौ । रातो तारा डट कम,अबैध तरिका ले काठ काटन दिने उदयपुरका दुई सामुदायिक बन उपभोक्ता समुहका अधक्ष्य पका्रउ परेका छन । मौखीक आदेश दिएर सामुदायिक बनमा ठुलो संख्यामा सालको रुख कटान गर्न दिएको आरोपमा त्रियुगा नगरपालीका ७ का खाटमन्दीर सामुदायिक बनका अधक्ष्य मोहन बहादुर कार्कि र रक्तमालाका अधक्ष्य गने बहादुर तामाङग लाई शनिबार पका्रउ गरीएको जिल्ला बन कार्यालय उदयपुरका प्रमुख अम्वीका पौडेलले बताए । लकडाउनको मौका छोपी उनीहरुले आ–आफनो सामुदायिक बनमा ८० वटा सखुवाको रुख कटान गरेको बन अधिकृत पौडेल ले बताए । अधक्ष्य द्धय संगै रुख कटान गर्न आदेस दिने नमोबुद्ध टोलबिकास सस्थाका अधक्ष्य लिल बहादुर तामाङग समेत पका्रउ परेका छन । त्रियुगा नगरपालीका ले बिधुतीकरण योजना विस्तार गरेपछी त्यसको कार्यान्वन गर्ने क्रममा ति सामुदायिक बन ले बन कार्यालय संग अनुमती वेगरनै योजना स्थल मा पर्ने झण्डै १ हजार सेफटी काठ कटान गरीएको छ । अधक्ष्य द्धयको आदेशमा साउन मै स्थानीय गाउलेहरु ले रुख काटेको छानविन को क्रममा खुलेको वन कार्यालयको सुचना अधिकृत जागेश्वर साह ले वताए । काटीएको सवै रुख हरु गाउलेहरु ले घर, घर लिएर गएको र ति सबै लकडी बरामद गरीसकेको साह ले बताए । “झण्डै १० लाख मुल्य बराबर को रुख कटान गरीएको रहेछ” । उनले भने । उनले खाटमन्दीरमा ८२ र रक्तमालामा ८ वटा रुख कटान गरीएको बताए ।  आरोपीत तिनै जना लाई बनको हिरासतमा राखेर मुद्धा चलाईएको छ । बन ऐन २०७६ को दफा ४९ (छ) कसुर अनुसार राष्टीय बन क्षेत्र बाट रुख विरुवा काटे, छिमले वा हानी नोक्सानी गरे पाच लाख भन्दा वढी जति सुकै बिगो भएपनि बिगोको दोब्बर जरीवाना वा दुई वर्ष कैद वा दुबै सजाय हुने कानुनी ब्यबस्था छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.