Websoft University

लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ


झापा, असोज-९ गते । रातो तारा डट कम,झापाको अर्जुनधारा-११ बसपार्क र बिर्तामोड भगवान चोक स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बिर्तामोड-३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नर प्रसाद राजवंशी रहेका छन भने अर्का बिर्तामोड-२ का २२ बर्षीय प्रदिप राजवंशी रहेका छन । बिशाल र नर प्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी प्रदिप १० ग्राम ब्राउनसुगर सहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको उक्त कार्यालयले जनाएको छ । बिशेष सुराकका आधारमा उनिहरुलाइ हिजो राती पौने ११ बजे पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.