Websoft University

नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ


झापाभाद्र २० गते ।रातो ताराा डट कम,झापाको  दमक कमल गाँउपालिका-७ का दुई जना लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा ४० बर्षीय रोशन साह र १८ बर्षीय दिपक गुरुङ रहेका छन ।
हिजो बेलुका साढे ७ बजे केर्खा चौक स्थितमा मे१ ह ६३७६ नम्बरको अटोमा आएका दुबै जनालाइ नियन्त्रणमा लिई चेकजाँज गर्दा लागुऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनिहरुले बोकेको झोला खोलेर हेर्दा लुकाई छिपाई राखिएको १२० ऐम्पुल डायजोपाम, १२० ऐम्पुल लुपिजेसिक र १२० ऐम्पुल फेनारगन फेला पारी बरामद गरिएको हो । पक्राउ परेका उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको  उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.