Websoft University

उखु किसान आन्दोलित हुदै,


काठमाण्डौ असोज ९ गते । रातो तारा डट कम,रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकहरुले छलफल बिना नै मिल बन्द गरेकोले सञ्चालनमा ल्याउनु पर्ने उखु किसानहरुले माग गरेका छन् । हाल मिल्स बन्द अबस्थामा रहदा समेत सञ्चालन तर्फ कसैले पहल कदमी नगरेकोले किसानले संघर्षका कार्यक्रम सहित प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाइ उखु उत्पादक संघ रौतहटले  ज्ञापन पत्र बुझाएका छन । मिल बन्द भएपछि सो मिलका कामदारहरुको परिवार बिचल्ली  हुनुका साथै पाउनु पर्ने भुक्तानी रकम समेत मिलले भुक्तानी नगरेको संघले जानकारी गराएकोछ । मिल सञ्चालक र उखु किसानबिच भएको सहमति अनुसार गत चैत्र मसान्तसम्म दिनु पर्ने भुक्तानी अहिले सम्म नदिएकाले आन्दोलन गर्नु पर्ने किसानहरुले जानकारी गराएका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.