Websoft University

विराटनगर–११ कि ४३ वर्षीया महिला कोरोनाबाट धरानमा मृत्यु


विराटनगर भाद्र २० गते । रातो तारा डट कम,धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर–११ का ४३ वर्षीया महिला रहेकी छन् । उनको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । प्रादेशिक प्रयोशाला बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । न्यूरो अस्पताल बिराटनगरबाट रिफर भएर उनलाई प्रतिष्ठानमा ल्याइएको थियो । बिगत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या रहेको बताइएको छ । पछिल्लो पटक श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट र छाती दुख्ने समस्या पनि उनमा देखिएको डा. सापकोटाले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.