Websoft University

नेपालमा सङ्क्रमितको संख्या ४५ हजार २ सय ७७ पुगे


काठमाण्डौ भाद्र २० गते । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमित हुनेमा महिला ३ सय ४९  र पुरुष ६ सय ९२ गरी १ हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आजको नियमित जानकारीका क्रममा बताउनुभयो । 

यससँगै देशमा हालसम्म कुल सङ्क्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको पनि उहाँले बताउनुभयो । यस्तै देशभर सक्रिय सङ्क्रमितको संख्या १७ हजार ८७० रहेको छ ।  संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् ।  यस्तै बितेको २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर परिक्षण भएको छ ।  

यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ ।  यसैबीच, काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।   काठमाडौंमा ३२६, ललितपुरमा ३७ र  भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । 

यस्तै, कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले थप ९ जनाको मृत्यु भएको जानकारी दिदै उहाँले यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संखया २ सय ८० पुगेको बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.