Websoft University

सूर्यविनायक नपामा घुम्ती स्वाब संकलन बुथ सुरु

  
काठमाण्डौ भदौं २३ गते । रातो तारा डट कम,भक्तपुरको सूर्यविनायक नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण परीक्षणको लागि स्वाब संकलन गर्न घुम्ती बुथ सञ्चालनमा ल्याएको छ । 

सङ्क्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा आएकाहरुको स्वाब संकलन गर्ने उद्देश्यले घुम्ती बुथ सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको स्वास्थ्य संयोजक एवं सूर्यविनायक नगरपालिका ८ का वडा अध्यक्ष किरण थापाले कन्ट्याक्ट ट्रेसिङमा आएकाहरुको स्वाब संकलन गर्न छिटो छरितो र सहज बनाउने उद्देश्यले घुम्ती बुथ सञ्चालनमा ल्याइएको बताउनुभयो ।

नगरपालिकाले फोहरमैला संकलन गर्ने आफ्नै मिनिट्रकमा स्वाब संकलन बुथको व्यवस्थापन गरेको हो । जसमा एकपटकमा दुईजनाको स्वाब लिन सकिने व्यवस्था गरिएको छ । उहाँका अनुसार घुम्ती स्वाब बुथमा स्वास्थ्य संयोजक, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख, दुई जना पारामेडिक्स र दुईजना ल्याब टेक्निसियन खटिएका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.