Websoft University

महिला स्वास्थ्य स्वयंसेविकाको कोरोना बिमा भयो



काठमाण्डौ साउन ३१ गते । रातो तारा डट कम,ओखलढुंगाको खिजीकातीका सबै महिला स्वास्थ्य स्वयंसेविकाको कोरोना बिमा गरिएको छ । समुदायमा निरन्तर सचेतना फैलाउन र स्वास्थ्य सेवा प्रवाह गर्न खटिएका स्वयं सेविकाको वडा कार्यालयले कोरोना बिमा गरिदिएको हो । कोरोना भाईरस (कोभिड १९) बाट बच्ने उपायबारे गाउँमा सचेतना फैलाउन सकृय स्वयं सेविकाको प्रोत्साहन र स्वास्थ्य सुरक्षाका लागि निःशुल्क कोरोना बिमा गरिदिएको वडाअध्यक्ष कमलप्रसाद न्यौपानेले बताउनुभयो । विगत देखि स्वयंसेवि रुपमा काम गर्दै आएका र कोरोनाको संक्रमण रोक्न समेत महत्वपूर्ण भूमिका खेलेका वडा भित्रका सबै ९ जना स्वंसेविकाको कोरोना बिमा गरिएको उहाँको भनाई छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.