Websoft University

वडा नम्बर ९ मा १२ संक्रमित भेटिएका पछि सो क्षेत्रमा ७२ घण्टालाइ सिल

विराटनगर । रातो तारा डट कम, विराटनगर महानगरपालीकाको सवै भन्दा बढी कोरोना संक्रमित भेटिएको वडा नम्बर ९ आंशिक क्षेत्रमा ७२ घण्टा सिल गरेको छ ।

आइतबार चुलाचुली मार्गमा एकै परिवारका ११ जनासहित १२ जनामा कोरोना संक्रमित भेटिएपछि वडा नम्बर ९ का आंशिक क्षेत्रमा सिल गरिएको हो ।

सिल गरिएको क्षेत्र गुद्री बजारदेखि पूर्वमा हनुमान मन्दिर (बि प्लट), जलजला मोडदेखि पश्चिम शनिमन्दिर, रोड ,भट्टाचौक, चुलाचुली मार्ग,ट्राफिक चौक, दक्षिण–पश्चिम महाबीर चौकसहित गुद्री बजारसँग जोडिने लिंक सडकहरुबाट आवत–जावतमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको वडा प्रहरी कार्यलय विराटनगर(क)का डिएसपी वेदप्रकाश गौतमले जानकारी दिए ।

डिएसपी गौतमका अनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि प्रहरीले गए राती १० बजेदेखि ७२ घण्टा (तीन दिन)सम्मका लागि गुद्री प्रवेश गर्ने सबै मार्गमा ढाट लगाएर सिल गरिुउको बताए । आज विहानैदेखि डिएसपी गौतमको नेतृत्वमा सो क्षेत्रमा प्रहरी परिचालन गरिु सो क्षेत्रका नागरिकलाई बाहिर ननिस्कन सुचना दिईरहेका छन् ।

कोरोना संक्रमणकै कारण सो क्षेत्रमा दुई जनाको मृत्यु समेत भैसकेको छ । गुद्री बजार क्षेत्रमा गएको सातदिनमा २० जना कोराना संक्रमित फेला परिसकेको वडा अध्यक्ष विश्वनाथ भगतले बताए । गुद्री क्षेतमा मात्र श्रावन २५ गतेसम्म २४ जना संक्रमित रहेकोमा ४ जना उपचारपछि घर फर्किसकेको अध्यक्ष भगतले बताए ।

सतर्कताकागि विराटनगरमा साउन १६ गतेबाट दुई साताका लागि ‘लकडाउन’ गरिएको छ । तर, ‘लकडाउन’को उल्लंघन भएको र संक्रमित धेरै भेटिएका क्षेत्रमा अत्याधिक भीडभाड हुने गरेपछि स्थानीय प्रशासनले कडाई गरेको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.