Websoft University

भारतमा सङ्क्रमितको संख्या २४ लाख ५९ हजार नाघ्यो–भारतियलाई नेपाल आउन पुरै बन्देज लगाउनु पर्यो


काठमाण्डौ साउन ३० गते । रातो तारा डट कम,विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण भारतमा दिनप्रतिदिन तीव्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार एक सय ४२ भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६ जनाको मृत्यु भएको छ । भारतमा सङ्क्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ । यस्तै कोरोनाका कारण ४८ हजार एक सय ४४ जनाको मृत्यु भएको छ । नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिले सम्मकै धेरै हो ।  भारतमा अहिलेसम्म १७ लाख ५० हजारभन्दा धेरै निको भएका र सात लाख ६४ हजारको उपचार भइरहेको छ । जसमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.