Websoft University

नेपालमा आज सम्म कुल कोरोना संक्रमितको संख्या २५ हजार ५सय ५१ पुग्यो


काठमाण्डौ साउन ३० गते । रातो तारा डट कम,पछिल्लो २४ घण्टामा ५ सय ९४ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । उनीहरुमध्ये १०० जनाको मृत्यु भएको छ भने १० हजार ७७ जना निको भएका छन् । 

पछिल्लो २४ घण्टामा मात्र २ सय ४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा अहिले सम्मकै सबैभन्दा धेरै ११ हजार ५७५ नमुना परीक्षण गरिएको थियो । आज काठमाडौं उपत्यकाका ११९ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

उनीहरुमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ९ जना छन् । यसैगरी पर्साका ७१ जना, मोरङ ५३, सुनसरी, महोत्तरी र बाराका २४ ÷ २४ जना, तनहुँ र बाँकेका २२ ÷ २२ जना, सुर्खेतका २१, मकवानपुरका १८ तथा सप्तरी, सर्लाही, चितवन र रुपन्देहीका १४ ÷ १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सिन्धुलीका ११ जना, झापा र कैलालीका ९ ÷ ९ जना, सिराहा र अछामका ६ ÷ ६ जना, रौतहट, बर्दिया र कपिलवस्तुका ५ ÷ ५ जना, दैखेलका ३ तथा सिन्धुपाल्चोक, नवलपुर र कञ्चनपुरका २ ÷ २ जनामा सङ्क्रमण देखिएको छ । उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङका १ ÷ १ मा पनि कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.