Websoft University

नेपालमा २४ घन्टामा थप ४ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भए


काठमाण्डौ साउन १९ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभयो । उहाँले यो संख्यासँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २० हजार ७ सय ५० पुगेको बताउनुभयो । हाल सम्म १४ हजार ९ सय ६१ ज्ना भने उपचारपछि निको भएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.