Websoft University

आज नेपालमा कोरोना सङ्क्रमितको संख्या ३४ हजार ४१८ पुगे



काठमाण्डौ भाद्र १० गते । रातो तारा डट कम,पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८ सय ८५ जनामा सङ्क्रमण देखिएको हो । आज सम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । कोरोना भाइरस सङ्क्रमण निको भएर ३ सय ८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार ५ सय ४ जना निको भएर घर फर्किएका छन् । हालसम्म होम आइसोलेसन अर्थात घरमा नै ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।  यसैबीच, काठमाडौं उपत्यकामा ३ सय १ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना सङ्क्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा सङ्क्रमण देखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.