Websoft University

नेपालमा आजसम्म कोरोना सङ्क्रमितको संख्या २२ हजार नौ सय ७२ पुगे


काठमाण्डौ साउन २५ गते । रातो तारा डट कम,पछिल्लो २४ घन्टामा थप तीन सय ८० जनामा कोरोना सङक्रमण देखिएको छ । मन्त्रालयले आज नियमित जानकारी दिने क्रममा २४ घन्टामा गरिएको आठ हजार पाँच सय १५ पीसीआर परीक्षणमा तीन सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यस्तै, २४ घन्टामा ४० जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ हजार तीन सय ५३ जना सङ्क्रमित निको भएर घर फर्किएका
छन् । नेपालमा आजसम्म कोरोना सङ्क्रमितको संख्या २२ हजार नौ सय ७२ पुगेको छ । मुलुकभर ६ हजार पाँच सय ४४ जना आइसोलेसनमा र क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

 पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका ९० र ललितपुरका दुइ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई पनि कोरोना भाइरसको सङक्रमण पुष्टि भएको 
छ । गत शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.