Websoft University

प्रेस विज्ञप्ति-संक्रमित सबै पत्रकारहरुको स्वास्थ्यलाभको कामना गरेकोछ


काठमाडौ साउन २५ गते । रातो तारा डट कम,  विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को  संक्रमण नेपालमा दिनप्रतिदिन बढिरहेको छ । यस क्रममा पछिल्लो समय सञ्चार क्षेत्रमा पनि कोरोना भाइसरबाट संक्रमित हुने क्रम बढिरहेको छ । पछिल्लो पटक मोरङ र सप्तरीका पत्रकार संक्रमित बन्न पुगेका छन् ।
संक्रमणको यो संवेदनशील घडीमा अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी वहन गरिरहेका पत्रकारहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई गम्भीर रुपमा अवलम्बन नगर्दा जोखिम झन् बढेको महासंघको ठहर छ । यस्तो विषम परिस्थितिमा पत्रकारहरु अझ बढी गम्भीर, सचेत र संवेदनशील हुनु जरुरी छ ।  महासंघ सबै पत्रकारहरुमा थप सचेतना अपनाउन, भौतिक दुरी कायम राखेर कार्य सम्पादन गर्न, स्वास्थ्य सामग्रीको प्रयोग गर्न र भीडभाडमा नजान विशेष आग्रह गर्दै पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरी पेशागत कर्ममा जुट्न अपिल गर्दछ । साथै, महासंघ पत्रकारहरुको पीसीआर परीक्षण बढाउन सम्बन्धित निकायसँग माग गर्दै संक्रमित सबै पत्रकारहरुको स्वास्थ्यलाभको कामना गर्दछ ।

रमेश विष्ट
महासचिव

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.