Websoft University

एक साताका लागि शिल गरिएको पूर्वाञ्चल शिक्षण अस्पताल भोलिबाट पुनः सञ्चालनमा

शिव भट्टराई,मोरङ । रातो तारा डट कम,करिब एक साता देखि सिल गरिएको मोरङको सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल  शिक्षण अस्पताल भोलि(बुधबार) बाट सञ्चालन  गरिने भएको छ।गत भाद्र ३ गते अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि अस्पतालमा आउने बिमारी तथा सेवाग्राहीहरुलाई कोरोना भाइरसको संक्रमण फैलिन नदिन र अस्पताल भित्र-बाहिर  निर्मलीकरण गर्न अस्पतालका निर्देशक डाक्टर विपेश आचार्यको अध्यक्षतामा प्रशासनको आकस्मिक बैठक बसी  एक साता सिल गर्ने निर्णय गरिएको थियो ।
ती सङ्क्रमित चिकित्सकको सम्पर्कमा रहेका कर्मचारी, चिकित्सक र स्वास्थ्यकर्मीहरुको  पी.सी.आर परिक्षण गर्दा  सबैको रिपोर्ट नेगेटिभ  आएपछि भोलिबाट अस्पताल पुन संचालनमा ल्याइने भएको हो।
आज मंगलबार बसेको अस्पताल प्रशासन र जनप्रतिनिधि  सहितको बैठकले तोकिएको आवश्यक सुरक्षाका मापदण्ड अपनाई  स्वास्थ्य सेवा सुचारु गर्ने, ओ.पी. डी सेवा पूर्ववत टेलिमेडिसिन अन्तर्गत भइरहेको स्वास्थ्य उपचार सुचारु राख्ने निर्णय गरिएको अस्पतालका निर्देशक डा. बिपेश आचार्यले जानकारी दिनुभयो । साथै  वर्तमान परिस्थितिलाई ध्यानमा राखी नगरपालिकाबाट जारी गरिएको लकडाउन अवधिभरि अस्पताल परिसरको पश्चिम तर्फको गेट बन्द राख्ने निर्णय समेत भएको  छ।
आजको बैठकमा पूर्वाञ्चल विश्वविद्यालयका सिनेट सदस्य रोशन उप्रेती, मुख्य सहायक सुरेन्द्रप्रसाद न्यौपाने, सहायक सुरेन्द्रकुमार यादव, सुन्दरहरैचा  वडा नम्बर ७ का वडाध्यक्ष चैतन्य प्रसाद सिटौला, वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेको उपस्थिती  रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.