Websoft University

कोरोना रोकथामका लागि नियमको पालना गर्न सबैलाई गृहमन्त्री थापाको आग्रह


काठमाण्डौ भाद्र १ गते । रातो तारा डट कम,गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियम पालन गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको बन्दाबन्दिको सबै नियम पालना गर्न उहाँले आग्रह गर्नुभएको हो । 

सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ । गृहमन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियम पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी लागू भए पनि फेरी संक्रमण बढिरहेको छ । 

सरकारले केही कडाई गरी नियन्त्रणको प्रयास गरिरहेको गृहमन्त्री थापाले बताउनुभयो । पुनः बन्दाबन्दी गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पार्नुभयो । 

बन्दाबन्दीका कारण आर्थिक समस्या देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताउनुभयो । सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोके पनि अझैपनि लुकिछिपि आउने काम भइरोखको र त्यसको नियन्त्रणका लागि गृहमन्त्रालयले अधिकतम प्रयास गरेको बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.