Websoft University

सुन्दरहरैंचामा ७ दिन लकडाउन थप गर्ने निर्णय

शिव भट्टराई,मोरङ। रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिकाले भदौ ७ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । यसअघि घोषित लकडाउनको समय आज राति १२ बजे सकिँदैछ ।

यस पटकको लकडाउनमा सुन्दरहरैंचामा तरकारी र खाद्यान्न पसल पनि नखुल्ने भएका छन् । प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद रेग्मीको हस्ताक्षरमा जारी सूचनामा जनाइएअनुसार दूध डेरी, अस्पताल, औषधी पसल तथा पेट्रोल पम्प, खानेपानी, मलखाद र भेटनरी पसलबाहेकका अन्य पसल बन्द हुने छन् ।

नगरपालिकाको विपद् व्यवस्थापन, स्वास्थ्य, कृषि र पशुपंक्षी शाखासँग सम्बन्धित बाहेकका सबै सेवा बन्द हुने सूचनामा उल्लेख छ । सरकारी तथा गैर सरकारी कार्यालय र वित्तीय संस्था पनि बन्द हुने भएका छन् । सार्वजनिक यातायातका साधन पनि बन्द हुनेछन् ।

तीजको अवसरमा गरिने भेला, समारोह, भोजभतेर र सांस्कृतिक कार्यक्रम सञ्चालन नगर्न अनुरोध गर्दै सञ्चालन भएको पाइएमा कारवाही गरिने बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.