Websoft University

देशभरका १४ जिल्लामा आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी

बिराटनगर । रातो तारा डट कम, कोरोनाको संक्रमण दर बढ्दै गएपछि केन्द्र सरकारले देशभरका १४ जिल्लामा आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ ।

गृहमन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । यस्तै पर्सा, बारा र सर्लाहीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा रहनेछ । सप्तरीमा साउन २६ गतेसम्म, बाँकेमा २४ र स्याङ्जामा २३ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रमा २५ गतेसम्म निषेधाज्ञा गरिएको छभने मोरङको बिराटनगर महानगरपालिकामा ३० गतेसम्मका लागि, महोत्तरीको सदरमुकाम आसपास (जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका) क्षेत्रमा आजसम्म निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै नुवाकोटको पूर्वमा बोहोरेभन्ज्याङ, पश्चिममा नयाँ चौतारा, उत्तरमा बागेश्वरी भन्ज्याङ र दक्षिणमा पोखरी डाँडा हिलेटोलसम्म निषेधाज्ञा गरिएको छ। झापाको बिर्तामोड नगरपालिकामा अर्को आदेश नभएसम्मका लागि र अर्जुनधारा नगरपालिकामा पनि एक दिनका लागि भोलीसम्म निषेधाज्ञा जारी गरिएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं। ६, ७ र ८ मा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ। बझाङको थलारा गाउँपालिका वडा नं। ५, र केदारस्युँ गाउँपालिका वडा नं। ६, ७ मा ३२ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ। दार्चुलाको मार्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ।

स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भेलाजम्मा हुन पाइँदैन, तोकिएको अत्यावश्यक सेवाबाहेक सवारी आवागमन र पसल खोल्न पाइँदैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.