Websoft University

मुसा पसेर विधुत सर्ट गराउदा बिधुत सेवा बन्द

जलजले (उदयपुर) २५ साउन । रातो तारा डट कम,जलजले स्थीत विधुत प्राधिकणको सव–स्टेसनमा मुसा पस्दा शनिबार उदयपुर लगायत चार जिल्लामा विधुत अबरुद्ध भएको छ । सवस्टेशनको इनकमरमा मुसा पसेर विधुत सर्ट हुदा आगलागी भएर तारहरु जलेको कारण साझ ७ वजे देखी विधुत सेवा ठप्प भएको प्राधिकरण उदयपुरले जनाएको छ । “मुसा पसेर इनकमरमा तार जल्दा विधुत सेवा ठप्प भयो” । प्राधिकरण उदयपुरका इन्जीनियर संजिब कर्ण ले भने । अबरुद्ध बिुधुत सेवा राती १ वजे सुचारु भएको उनले बताए । उनले उदयपुर सिमेन्ट उधोगको फिडर बाट गाईघाट फिडरमा जोडेर बिधुत आपुर्ति मिलाइएको बताए । जलेको फिडर मर्मत गर्न अझै केहि समय लाग्ने उनले बताए । मर्मत नहुन्जेल उधोगको लाइन काटेर गाइघाट बजार क्षेत्रमा विधुत आपुर्ति व्यबस्था मिलाईएको प्राधिकरण उदयपुरका प्रमुख रोशन सिंह ले बताए । उनले खोटाङग, ओखल्ढुङगा र सोलुखुम्वु जिल्लामा अझ केहि दिन सम्म बिधुत हबरुद्ध हुने बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.