Websoft University

कोरोना संक्रमण बढी देखिएका स्थानमा आईसोलेसन थप गरिने


विराटनगर, ३ भदौ । रातो तारा डट कम, प्रदेश १ मा कोरोना संक्रमण बढी भएका स्थानमा आईसोलेसन केन्द्र थप गरिने भएको छ । 

कोभिड १९ संक्रमण नियन्त्रणका संवन्धमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा आज बसेको बैठकले संक्रमण बढी देखिएका स्थानमा तत्काल आईसोलेसन केन्द्र थप गरिने निर्णय गरिएको हो । 

बैठकले आईसोलेसन केन्द्र थप गर्नका लागि तत्काल योजना बनाई कार्यन्वयन गर्ने निर्णय गरेको छ । समूहगत संक्रमण नियन्त्रण गराउनका लागि लकडाउन प्रभावकारी बनाउने, सीमा सुरक्षालाई कडाईका साथ प्रभावकारी बनाईने, संक्रमण जोखिम क्षेत्रमा आवस्यक सुरक्षा सावधानी अपनाउने, होम आईसोलेसन र आईसोलेसन स्थलको व्यवस्थापन प्रोटोकल बमोजिम नियमित गर्ने निर्णय गरिएको छ । लक्षण देखिएकालाई उपचारका दायरामा ल्याउने र लक्षण नदेखिएकालाई आईसोलेसन र होम आईसोलेसनमा राख्न प्रवन्ध गरिने बैठकले निर्णय गरेको छ । 

बैठकमा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, प्रदेश १ प्रयोगशाला प्रमुख जयवेन्द्र यादव, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताको सहभागिता रहेको थियो ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.