मोहन कुमार राई - संखुवासभा भाद्र ५ गते । रातो तारा डट कम,जिल्ला अस्पताल संखुवासभाले हिमालय किरण क्याम्पसमा निर्माण गरेको आइसोलेसनमा रहेको स्वास्थ्य सामाग्री तोडफोड भएपछि प्रस विज्ञप्ती निकाली गम्भीर धयानकर्षण भएको जनाएको छ ।
जिल्ला अस्पताल संखुवासभाका मेडिकल सुपरिटेण्डेनडा.सुन्दरश्याम झाले आज जारी गरेको विज्ञप्तीमा स्वास्थ्यकर्मीलाई हतोत्साही बनाउने, डरभम्की, दिने र स्वास्थ्य सामाग्री चोरी र तोडफोड गर्नेलाई कार्वाह ीगर्न माग गरेका छन् । जिल्ला अस्पतालले कोरना उपचारमा संलग्न चिकित्सक र एम्बुलेन्स चालकलाई फोन मार्फत डर धम्की दिएको समेत डाक्टर झाले जनाएको छ ।
डा. झा का अनुसार जिल्लाको खाँदावारीको हिमालय किरण क्याम्पसमा रहेको आइसोलेसनमा ७० पिस पिइ सेट, पसेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन डिभाइडर लगायतको सामग्री चोरी भएको छ । घटनाको थप विवरण आउन बाँकी छ सामाग्री चोरी र तोडफोड गर्नमा संलग्नहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।
आइसोलेसन तोडफोड पछि अहिले पिलुवाखोला क्वारेनटाइनबाट ल्याइएको ३ कोरना सक्रमितहरुलाई नयाँ स्वास्थ्य सामाग्री लगेर उपचार भइरहेको समेत डा. झाले जनाएको छ ।
आइसोलेसन तोडफोड पछि अहिले पिलुवाखोला क्वारेनटाइनबाट ल्याइएको ३ कोरना सक्रमितहरुलाई नयाँ स्वास्थ्य सामाग्री लगेर उपचार भइरहेको समेत डा. झाले जनाएको छ ।
Post a Comment