Websoft University

नेपालको ठोरी, अयोध्या नगरमा भव्य राम मन्दिर र बाल्मीकि आश्रम बन्ने

काठमाडौं । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको प्रतिमा बनाएर राम जन्मभूमि अयोध्यापुरीमा स्थापित गरिने बताउनुभएको छ । उहाँले भगवान श्री रामको जन्म नेपालको चितवनमा भएको विचार दोहोर्‍याउँदै रामको मूर्ति अ‌ाफैंले बनाउन लगाएर अयोध्यापुरी पठाइदिने भन्नुभएको छ। 
चितवनको माडी नगरपालिकाका जनप्रतिनिधि तथा बुद्धिजीवीहरुसँगको छलफलमा प्रधानमन्त्री अ‌ोलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीले भानु जयन्तीका दिन भगवान श्री रामको जन्म नेपालमा भएको घोषणा गर्नुभएको थियो । करिब एक दशक अघि पनि ओलीले झापाको दमकमा यस्तै विचार राख्नुभएको थियो । 
उहाँले जनप्रतिनिधि तथा बुद्धिजीवीहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट्दै चितवनको अयोध्यापुरीको नाम पुर्नस्थापित गर्न पनि सुझाव दिनुभएको छ। प्रधानमन्त्रीले अयोध्यापुरी रहेको माडीका जनप्रतिनिधिहरुलाई बोलाएर छलफल गर्नुभएको हो । 
स्थानीय तह बनाउँदा प्राचीन अयोध्यापुरीलाई माडीमा गाभिएको थियो र सो ठाउँको नाम माडी नगरपालिका बनाइएको थियो । प्रधानमन्त्री ओलीले अयोध्यापुरी नामलाई नै पुर्नस्थापित गर्न भन्नुभएको हो ।
माडीका जनप्रतिनिधिको साथमा बुद्धिजीवी लोकमणि पौडेल र साध्यभण्डारी पनि जानुभएको थियो । लोकमणिले भगवान रामको जन्म चितवनमा भएको भन्दै विभिन्न तथ्ययुक्त लेख तथा विचार प्रवाह गर्दै आउनुभएको छ ।
‘प्रधानमन्त्रीले मुख्य चारवटा कुरा भन्नुभयो’– अयोध्यापुरीमा पर्ने माडीको वडा नम्बर ८ का वडा अध्यक्ष कृष्णराज अधिकारीले सनराइज खबरलाई बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले माडीको नाम फेर्न, माडीमा खाली जग्गाहरुको व्यवस्था गर्न, रामसँग सम्बन्धित निर्माण कार्यहरु गर्न, आउँदो रामनवमी अति नै भव्यसँग मनाउन आग्रह गर्नुभयो । 
अयोध्या क्षेत्र विकासको काम अघि बढ्ने भएकाले पर्याप्त जग्गा छुट्याएर आवश्यक तयारीका साथ बस्न पनि प्रधानमन्त्रीले निर्देशन दिनुभयो । छलफलका क्रममा प्रधानमन्त्रीले रामायण र महाभारतसँग जोडिएका धार्मिक प्रसंगका साथै नेपालको ठोरी, अयोध्या तथा बाल्मीकि आश्रम सम्बन्धमा चर्चा गर्नुभएको थियो ।
छलफलको क्रममा प्रधानमन्त्रीले अयोध्या नेपालमा हो भनेर कुनै प्रमाण नै जुटाउनु नपर्ने अवस्था रहेको बताउनुभएको थियो । अयोध्या क्षेत्रमा भएका पुराना संरचना, प्राप्त अभिलेख र भेटिएका सामाग्रीलाई जोगाउन सके ती आफै प्रमाण भएको प्रधानमन्त्रीले बताउनुभएको थियो । ‘प्रधानमन्त्रीज्यूले यति धेरै आधार प्रस्तुत गर्नुभयो कि हामी छक्क पर्‍यौं, अधिकारीले भन्नुभयो ।
छलफका क्रममा प्रधानमन्त्रीले चितवनको चेपाङ बस्ती व्यवस्थापनको विषयमा समेत चासो राख्नुभएको थियो । उहाँले यस विषयमा आफूले थप अध्ययन गरी निर्णय लिने बताउनुभयो ।

दुई वर्षपछि राम सँग सम्बन्धित मन्दिर तथा स्तम्भहरुको उद्घाटन गर्न आफू स्वयं आउने पनि प्रधानमन्त्रीले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.