Websoft University

बेलबारीमा लकडाउन भदौ ७ गतेसम्म थपियो


मोरङ बेलबारी । रातो तारा डट कम,कोरोना भाइरसको संक्रमण फैलन नदिन बेलबारी नगरपालिकाले जारी गरेको लकडाउनको समय एक हप्तालाई थप भएको छ । जोखिम कायमै रहेकाले नगरवासीलाई कोरोना संक्रमणबाट जोगाउन लकडाउन एक हप्ता थप्ने निर्णय भएको बेलाबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले जानकारी दिनुभएको छ । बेलबारी नगरमा रहेको कोरोना रोकथाम सर्वदलिय उच्चस्तरिय नगर समन्वय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधी आउँदो भदौ ७ गतेसम्म थप्ने निर्णय गरेको पराजुलीले बताउनुभयो । यसबिचमा बैंकहरु भने दिनको ११ बजेदेखि २ बजेसम्म खुल्न दिने र अरु सबै बन्द गर्ने निर्णय भएको छ । कोरोना संक्रमणको जोखिम समुदायमै फैलने सम्भावना बढेको भन्दै बेलबारी नगरपालिकाले गत साउन २२ गते मध्यरातिदेखि लकडाउन घोषणा गरेको थियो । पहिलो पटक घोषणा भएको लकडाउनको अवधी आइतबार राति सम्मको रहेको थियो ।
नगरपालिकाले तिज पर्वमा अरुलाई घरमा बोलाउन र भिडभाड गर्न पनि रोक्ने भएको छ । जोखिम अत्यधिक बढेकाले आफ्नो र परिवारको सुरक्षाको लागि तिजमा पाहुना नबोलाउन र भिडभाड नगर्न आग्रह गरिएको पराजुलीले जानकारी दिनुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.