Websoft University

प्रदेश १ का ४ मन्त्रालयका सचिवहरुको सरुवा

विराटनगर भाद्र १० गते । रातो तारा डट कम, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ का ४ मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ । बुधबार सहसचिवहरुको सरुवा गर्दा प्रदेश मन्त्रालयमा कार्यरत सचिवहरुको सरुवा भएको हो ।

सामान्यले प्रदेश १ का सचिवहरु मुख्यमन्त्री कार्यालयका मुकुन्द निरौला, आन्तरिक मामिला तथा कानून मन्त्रालयका हरीप्रसाद मैनाली, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सञ्जीवकुमार राई र आर्थिक मामिला तथा योजना मन्त्रालयका दामोदर रेग्मीलाई सरुवा गरेको हो । मन्त्रालय बुधबार देशभरका ६० जना सहसचिबहरुको सरुवा गरेको छ ।

प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्यालयबाट दिनेशकुमार घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रधानमन्त्री कार्यालयबाटै राजेन्द्रकुमार पौडेल सचिवको रुपमा आउनुभएको छ । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयमा अर्थ मन्त्रालयका उत्तरकुमार खत्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा वन मन्त्रालयका मेघनाथ काफ्ले सचिवको रुपमा आउनुभएको छ ।

प्रदेश १ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीवकुमार राईको वन तथा वातावरण मन्त्रालयमा, आर्थिक मामिलाका सचिव दामोदर रेग्मीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, आन्तरिक मामिला मन्त्रालयका सचिव हरीप्रसाद मैनालीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र मुख्यमन्त्री कार्यालयका मुकुन्द निरौलाको वन तथा वातावरण मन्त्रालयमा सरुवा भएको छ ।

निजामती सेवाका सहसचिबहरुले प्रदेश मन्त्रालयको सचिबको रुपमा नेतृत्व गर्ने गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.