Websoft University

एनआईसी बैँकको कालो कर्तुत बाहिर आयो- कम्पनीको ३७ लाखको एसीपे चेक ब्यत्तिलाई भुक्तानी ? यो बैकलाइ कारवाही गर्ने निकाय छैन ।


मोरङ पथरी । रातो तारा डट कम,तपाईं हाम्रो सानो गल्ती भयो भने बैंकले भुक्तानी दिंदैन । यतिसम्मकि हस्ताक्षरमा बैंकका कर्मचारीलाई शंका मात्र लाग्यो भने दुई पटक सहि गर्न लागउछ र पनि शंका लागे बैंकले भुक्तानी दिंदैन । दिनुपनि हुँदैन । तर मोरङको पथरी शनिश्चरेमा रहेको एनआईसी एशिया बैंकले भने एक कम्पनीको एकाउन्ट पेइ चेक नै अर्को कम्पनीमा जम्मा गरिदिएको खुलासा भएको छ ।
सामान्य बैंकिङ जानकारी भएको व्यक्ति पनि अचम्म पर्नेगरी प्रदेश नम्बर १ को पथरीशनिश्चरे स्थित बैंकले यसरी भुक्तानी गरेको हो । एउटा कम्पनीका पार्टनरले कम्पनीका नाममा खिचिएको चेक आफुमात्र संचालक भएको खातामा जम्मा गरेर रकम लागेपछि बैंकभित्रको लापरवाही छरपष्ट भएको हो ।

पथरीशनिश्चरेमा रहेको बैंकको लापरवाही यो नै पहिलो भने हैनै । यस भन्दा अगाडी पनि पथरीका एक ब्यापारीको १० हजारको चेकमा एक कम्पनीका बजार ब्यावस्थापकले एक लाख दश हजार निकालेका थिए । सर्वसाधारणलाई शंका गर्ने बैंकले ठुला ब्यापारी र ठेकेदार संग मिलेमतोमा काम गर्छ भन्ने यि घटनाबाट प्रष्ट देखिन्छ ।

घटना मोरङको पथरीशनिश्चरे शाखाको हो । पथरी शनिश्चरेमा रहको काविल कन्ट्रक्सन प्रा.लि. को नाममा काटिएको ३७ लाख ७३ हजार ६ सय १३ रुपैयाँको चेक बैंकले अर्कै कम्पनीको खातामा जम्मा गरिदियो । ठेक्का पार्टनर रहेका रविन कुमार राईले आफ्नो मात्र सिग्नेचरी भएको खातामा हाल्दा बैकले सहजै हालेको छ ।

जुन कम्पनीको नाममा एन आई सीमा खाता छैन भने चेक काटिएको कम्पनीको खातामा जम्मा नै भएन । पथरी शनिश्चरे नगरपालीकाले भुक्तानी गरेको कृषि विकास बैंक लिमिटेडको उक्त चेक ठेक्केदार राईले लिएका थिए । उनले आफ्नोमात्र हस्ताक्षर चल्ने खातामा उक्त चेक जम्मा गर्न आग्रह गर्दा बैंकले सजिलै गरिदियो । जुन काम नियम विपरित हो भने यति हुदा सम्म पनि कम्पनीका संचालक भुवन थापालाई जानकारी नै छैन । अझ अचम्मको कुरा त के छ भने काविल कन्स्ट्रक्सनका संचालक भुवन थापाले आफ्नो कम्पनीको खाता एनआईसी एसिया बैंकमा नभएको बताएका छन् ।

पथरी बहुमुखी क्याम्पसमा भवन निमार्णका लागि स्वास्थ तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विनियोजन गरेको योजनाको रकम भुक्तानीमा यस्तो काण्ड घटेको हो । उक्त योजना रविन कुमार राईले काविल कन्स्ट्रक्सन प्रा. लि. मार्फत ठेक्का पारेका थियो । काम सम्पन्न भएपछि नगरले काविल कन्ट्रक्सन प्रा.लि.लाई काम वापतको चेक दिइएको थियो । तर बैकले उक्त रकम कम्पनीको खातामा नहाली सिधै रकम रविन कुमार राईको मात्र हस्ताक्षर भए पुग्ने खातामा रकम जम्मा गरी भुक्तानी गरेको छ ।
आफ्नो खातामा रकम आएपछि उनले सो रकम निकालेका छन् । बैंकले ३७ लाख ७३ हजार ६ सय १३ रुपयाँको एकाउन्ट पेइ चेक रविन राईको पारुहाङ ग्रिल उद्योगको नाममा जम्मा गरी राईलाई भुक्तानी गरेको देखिन्छ ।

यस विषयमा बुझ्न हामीले बैंकका ब्रान्च मेनेजर बिजय बिष्टलाई फोन गर्यो । उनले यस घटनाका बारे आफुलाई जानकारी नभएको बताए । बैंकका अपरेशनल इन्चार्ज बिनम नाम गरेका व्यक्तिलाई सोध्यौ उनिले बैंकको गल्ती भएको स्वीकार त गरे, तर गल्ती आफ्नो नभई माथिकोभएकोबताए । माथिको भनेको को हो ? हाम्रो प्रश्नमा उनले भने, हामीले चेक स्क्यान गरेर माथि पठाउने हो, क्लियरिङमा । उतैबाट मिस्टेक भयो । उताबाट सहमति पाएपछि हामीले भुक्तान गौँ । हामीसँग फोनमा निकै चर्को सँग बोलेका उनी भन्दै थिए, दुवै पक्षलाई कुनै पनि समस्या छैन । हामीलाई यस्तो भयो भनेर निवेदन आएको पनि छैन । आयो भने हामी मिलाउँछौं, तर आएको छैन । हामीले पुन प्रश्न गर्यो, त्यो त सेकेण्डरी कुरा भयो, पहिला भुक्तानी गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा हो नि होइन र ? उनी अझ चर्को स्वरमा कराउन थाले, होइन, यो सेकेण्डरी कुरा होइन, उहाँहरु निवेदन लिएर हामीकहाँ आउनुपर्छ, त्यो प्राइमरी कुरा हो, बरु बैंकले भुक्तानी गर्यो भन्नेचाहिं सेकेण्डरी कुरा हो ।

गल्ती त भएको हो नि ? हामीले प्रश्न गर्दा उनले फेरी आफ्नो अडान दोहोर्याए, “गल्ती भएको छ, तर बैंककै माथिबाट गल्ती भएको छ” । अझ उनले हामीसँग दुवै पक्षमध्ये कसैलाई चित्त नबुझे बैंक आउने हो, तपाईंकहाँ जाने हो र ? भनेर ुठुला कुरा गरे । उनले गल्ती स्वीकारिसकेपछी हामीले बैंकका प्रदेश नम्बर १ का प्रमुख दीपक थापालाई फोन गर्यौ ।

पद बैंकको प्रदेश प्रमुख, तर पथरीमा बैंकको शाखा छ कि छैन भन्ने पनि थाहा छैन । हामीले पथरीमा यस्तो घटना भएछ नि भनेर सोध्दा उनले त उल्टै “त्यहाँ हाम्रो शाखा नै छैन” भनेर गैरजिम्मेवार उत्तर दिए । हामीले बैंकको घटनाको डिटेल जानकारी दिएपछि उनले भने, “त्यहाँ हाम्रो हेड अफिसमा अर्जुनजीसँग कुरा गर्नुहोस्न । उहाँले उत्तर दिनुहुन्छ” । उनले कुरा गर्नु भनेका अर्जुन खनियाँले पनि कुनै कम्पनीको चेक अर्को कम्पनी वा व्यक्तिका नाममा जम्मा हुनु गलत भएको स्वीकारे । (रेडियो सिमरिक)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.