Websoft University

तीन महिनापछि सरकारले छोटो दुरीका सार्वजनिक यातायात खुल्ला गर्यो–आजबाट यायाताय चल्ने



काठमाण्डौ असार २६ गते । रातो तारा डट कम,तीन महिनापछि सरकारले सार्वजनिक यातायात चल्ने खुल्ला गरेको छ । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय हिजो सार्वजनिक गरेको थियो । 

मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको आधारमा बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सार्वजनिक यातायातका साधन चलाउँदा चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्ने, ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्ने तथा यात्रुले पनि मास्क अनिवार्य लगाउनु पर्नेछ । सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णयसमेत गरेको छ । 

सरकारले छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेलगत्तै नेपाल यातायात व्यवसायी महासंघले पनि आपतकालीन बैठक बोलाएको छ । महासंघले आज दिउँसो एक बजेका लागि बैठक बोलाएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.