Websoft University

निर्देशक भीम लामाको नेपाली राष्ट्रवादी गीत ' जाउँ साथी सरर ' चाँडै युट्युब मार्फत सार्वजनिक हुँदै


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,एक रास्ट्रबादी भावना भएका चलचित्र निर्माता निर्देशक अनि कलाकार भीम लामाको निर्देशनमा राष्ट्र र रास्ट्रीयता अनि नेपाली जनता प्रती सत प्रतिशत सरोकार रहेको प्रेम बिस्ट र गङ्गा गौतम आचार्यको आवाजमा ' जाउँ साथी सरर ' बोलको नेपाली राष्ट्रिय गीत चाँडै युट्युब मार्फत सार्वजनिक हुँदै छ।  

बर्षौ बाट अलि अलि गर्दै छिमेकी मुलुक ले हाम्रो मातृभुमी माथी र नेपाली माथी हेपाहा र मिचाहा प्रवृत्ति गरिरहेको अवस्थामा हामीले देश र जनताको रक्षाको लागि तुरुन्तै हेपाहा र मिचाहा छिमेकी प्रति प्रतिकार गर्नु पर्छ भन्ने यो रास्ट्रबादी गीतको मुल आवाज रहेको निर्देशक भीम लामाले बताएका छन्। 

आफु पनि एक रास्ट्रबादी भावना भएको चलचित्र निर्माता निर्देशक अनि कलाकार भएको हुनाले आफू जन्मेको ठाँउ बेलबारी नगरपालिका बाटै देशको लागि एउटा बुलन्द गीत संगित मार्फत आवाज दिन खोजेको उनको भनाइ छ। बेलबारी नगरपालिकाका जनप्रतिनिधि अर्थात स्थानीय सरकार जनता प्रती  प्रदेश १ को सबै भन्दा बढी उतरदायीत्व र जिम्मेवारी देखिएको कारणले गर्दा यो गीतमा बेलाबारी नगरपालिकाका उपप्रमुख ढाका पराजुली ,प्रबक्ता योगेन्द्र सुवेदी,वडाका जनप्रतिनिधिहरु,पत्रकार शिव भट्टराई , खेलाडीहरु,साहित्यकारहरु तथा सुनसरी र मोरङ जिल्ला का आदिवासी कलाकारहरु ,मोडलहरु , सामाजिक अभियन्ताहरु युवा अभियन्ताहरु लगायत २ दर्जन भन्दा बढी सरोकारवालाहरुको उपस्थितिमा ड्रोन क्यामराबाट बिहिबार शूटिंग सम्पन्न भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.