Websoft University

सबैभन्दा धेरै पर्सामा ३२ जना कोरोना सङ्क्रमित थपिए पछि आजबाट पर्सामा अनिस्ति निषेधाज्ञा जारी भयो



काठमाण्डौ साउन १० गते । रातो तारा डट कम,नेपालमा थप २ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका एक महिलाको कोरोनाका कारण मृत्यु भएको हो । 

वीरगञ्ज ११ का ८५ वर्षका महिलाको नारायणी अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । कोरोना विशेष अस्पतालमा अर्का एक युवतीको पनि हिजो नै मृत्यु भएको छ । मृतक युवती बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया रहेको प्रहरीले जनाएको छ । 

नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । प्रदेश २ को पर्सामा समुदायस्तरमा नै कोरोना फैलिएको शङ्का गर्दै आजदेखि निषेधाज्ञा जारी गरिएको छ । देशभरका प्रयोगशालामा ३ हजार ९८७ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको हो । 

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् । झापाका २५, काठमाडौँका १०, दैलेख र कैलालीका ८÷ ८ जना, सप्तरीका ७, सुनसरी र कास्कीका ५÷५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका ४÷४ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

लमजुङका ३, मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया, कैलालीका २÷२ जना तथा धनकुटा, बारा, धनुषा, उदयपुर, बाग्लुङ, तनहुँ र जोजरकोटका एकएक जनामा पनि कोरोना पुष्टि भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.