Websoft University

प्रहरीले पक्रीएको लोपोन्मुख वन्यजन्तु गायब


 काठमाण्डौ साउन २  गते । रातो तारा डट कम,पथरी,छिल्लो समय विवादित बन्दै गएको इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको लोपोन्मुख प्रजातीको सुन गोहोरो र टोके टोके गायव गरेको छ । घरायसी झगडामा ५ हजार घुस माग्ने देखि प्रहरीको विरुद्ध बोल्दा कुटपिट गर्ने, मलामी गएर फर्किएकालाई सार्वजनीक स्थानमा कुटपिट गर्ने, घरमा बसेका विद्यार्थीलाई जवरजस्ती बाटोमा ल्याएर कुटपिट गरि उठबस गराउने लगायतका घटनामा विवादित बनेको ई प्र का पथरीले लोपोन्मुख सुन गोहोरो र टोके टोकेका विषयमा फरक फरक कुरा गरेको छ ।
मोरङ्गको पथरीशनिश्चरेमा प्रहरीले मोटरसाइकल चोरी गरि विक्रि गर्ने ४ जना गिरोह र १ जना मोटरसाइकल ग्यारेजका संचालक र कामदारलाई पक्राउ गरेको छ । प्रहरीले असार ३१ गते उनीहरुले चोरी गरेको मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुवाट लोपोन्मुख प्रजातिका वन्यजन्तु सुन गोहोरो र टोके टोके वरामद गरे पनि त्यसलाई भने प्रहरीले लुकाएको छ ।

मोटरसाइकल चोरी गरि फरार रहेकावाट प्रहरीले वरामद गरेको लोपोन्मुख वन्यजन्तु सुन गोहोरो र टोकेटोके सव डिभिजन कार्यालय पथरीमा वुझाएको छैन । वन्यजन्तु चोरी र शिकारी गरि सोको कारोवारमा संलग्न भएका आशंका गरिएपनि उनीहरुलाई मोटरसाइकल चोरीको आरोप मात्र लगाइएको छ ।

मोटरसाइकल चोरी गरि नम्वर प्लेट परिर्वतन गरेको आरोपमा दमक झापाका वेण्डम विक, पथरीशनिश्चरे ४ का मिलन खतिवडा, अनुप जोगी र विनोद जोगी, रतुवामाइका अभि हस्ता र सकल हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले जानकारी दिए ।
हेमरम पथरीशनिश्चरे ९ पुलचौकमा मोटरसाइकल ग्यारेज संचालक हुन भने हस्ता सोहि ग्यारेजमा कार्यरत मजदुर हुन । विहिवार अन्य ४ जनालाई खतिवडाको घर पथरीशनिश्चरे ४ नयाँ सोमवारेवाट नियन्त्रणमा लिएको हो ।

सो विषयमा प्रहरी नायव उपरिक्षक गिरीले सानो एउटा प्राणी वरामद भएपनि प्रहरी कार्यालयवाटै सो गोहोरो फुत्किएको प्रतिक्रिया दिए । यता सव डिभिजन वन कार्यालय पथरीका प्रमुख अलाउद्धिन अन्सारीले जुन सुकै वन्य जन्तु भए पनि वन कार्यालयमा वुझाउनु पर्ने नियम भएकाले प्रहरीले सो वन्यजन्तु पनि वन कार्यालयमा वुझाउन पर्ने वताउछन ।

इलाका प्रहरी कार्यलयमा बुझदा कुनै पनि बन्यजन्तु पक्राउ नभएको जानकारी प्रहरी नायव उपरिक्षक गिरीले दिएको अलाउदिनले बताएका छन । तर यता स्थानयिले भने लोपोन्मुख प्रजातीको वन्यजन्तु सहित चोरीमा संलग्न गिरोह प्रहरीलाई बुझाएको बताउछन ।

दमक बजारबाट हराएको मोटर साईकलको खोजी गर्दै जादा पथरीशनिश्चरे पुलचौकमा फेला परेको थियो भने पथरीशनिश्चरे १० का वडाध्यक्ष सागर राईको सहयोगमा चोरीमा संलग्न गिरोह पक्राउ परेको थियो ।

वडाध्यक्ष राईले प्रहरीलाई लोपन्मुख प्रजातीका सुन गोहोरो र टोके टोके प्रहरीलाई बुझाएका थिए । राईले प्रमाणको लागि भिडियो गरे पनि प्रहरीले भने मान्छे पिछे फरक फरक कुरा गर्ने गरेको छ । वन कार्यलयलाई कुनै जिवजन्तु पक्राउ नगरेको भने पनि वडाध्यक्षले प्रहरीलाई बुझाउदै गरेको भिडियो सार्वजनीक भएको छ । प्रहरी नायव उपरिक्षक गिरी संग बुझदा वनमा छोडेको बताएका छन । प्रहरीले विना मुचुल्का र विना रोहवरमा लोपोन्मुख जिवजन्तु छोड्नुले प्रहरीमा शंका उब्जीएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.