Websoft University

भारतमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या १० लाख नाघ्यो–नेपाल भारत बोर्ड पुरै बन्द गर्नु पर्यो सरकार


काठमाण्डौ साउन २ गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरस कोभिड १९ बाट सङ्क्रमित हुनेको संख्या १० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण सङ्क्रमित हुनेको संख्या १० लाख तीन हजार आठ सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ३४ हजार नौ सय ५६ नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा एकैदिन कोरोना भाइरसका सबैभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका हुन् । भारतमा निरन्तर कोरोना भाइरसका एकैदिन थपिने संख्याले रेकर्ड बनाइरहेको छ । अहिलेसम्म विश्वभर अमेरिका, ब्राजिल र भारतमा मात्र कोरोना भाइरसका १० लाखभन्दा बढी सङ्क्रमित फेला परेका छन् । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २५ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २५ हजार ६ सय ६४ जनाको मृत्यु भइसकेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.