Websoft University

प्रदेश १ बाट २२ जना डिस्चार्ज


बिराटनगर असार २८ गते । रातो तारा डट कम,विराटनगर–प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुष रहेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ५ सय ७१ पुगेको छ । प्रदेश १ मा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको पथरीशनिश्चरेका २ महिला र झापाको कचनकवलका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकासमन्त्रालयले जनाएको छ । प्रदेश १मा कोरोना संक्रमितको संख्या ७सय२४ पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.