Websoft University

विराटनगरबाट एक सडक आश्रितको उद्धार


विराटनगर, २८ असार । रातो तारा डट कम, विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई आज उद्धार गरिएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट उद्धार गरिएको हो ।
विराटनगर महेन्द्रचौक देखि एयरपोर्ट सम्म हिँडिरहने करिव ५१ वर्षीय पुरुषलाई उद्धार गरिएको हो । स्थानीयका अनुसार उद्धार गरिएका व्यक्ति करिव १० वर्षदेखि सडक आश्रित छन् । उनको सडकबाट उद्धार गर्दै सामाजिक विकास मन्त्री घिमिरेले सहयोगापेक्षी, सडकआश्रित मानवहरुको उद्धार गरि सडक मानवमुक्त बनाउने प्रदेश १ सरकारको अभियान रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सडकमा सहयोगापेक्षी, सडकआश्रित मानवहरु देखिने छैनन ।’ पहिलेको तुलनामा वेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक विहिन सडक आश्रित मानवहरु सडकमा कम हुँदै गएको मन्त्री घिमिरेले बताउनुभयो ।
 सडकबाट उद्धार गरिएकाहरुको औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको काम मानव सेवा आश्रमले गर्दै आएको छ । मानव सेवा आश्रम प्रदेश १ ले सडक आश्रित ५० जना व्यक्तिहरुको उद्धार गरिसकेको जनाएको छ ।
सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरुसँगको सहकार्यमा सडकबाट उद्धार गरि मानव सेवा आश्रममा ल्याईने गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले बताउनुभयो ।
सहयोगापेक्षी, सडकआश्रित मानवहरुका लागि प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माणको पनि तयारी शुरु गरेको छ ।  मोरंगको ग्रामथान ७ मा १० विगााह १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माणका लागि प्रदेश सरकारले तयारी शुरु गरेको जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.