Websoft University

नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या १४ हजार ४६ पुगे


काठमाण्डौ असार १७ गते । रातो तारा डट कम,नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या १४ हजार ४६ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्रै चार सय ८२ जना कोरोना सङ्क्रमित थपिएका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी गराउनुभयो । जसमध्ये एक सय १७ महिला र तीन सय ६५ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा मात्र थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका १०, ललितपुरका पाँच र भक्तपुरका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । यो अवधिमा देशभर चार सय ८२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । अछामको रामारोशन गाउँपालिकाका ४५ वर्षका पुरुषको असार १४ गते मृत्यु भएसँगै मृतकको संख्या ३० पुगेको हो । मृत्यु भएको भोलिपल्ट उनको स्वाब संकलन भएकोमा हिजो कोरोनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.