Websoft University

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ


विराटनगर ,असार-१७ गते । रातो तारा डट कम.सुनसरीको ईनरुवा नगरपालिका-३ महेन्द्र चोकबाट  लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा  ईनरुवा-१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अक्तर आलम रहेका छन ।  आज बिहान साढे ११ बजे को १० प १९९ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट डाईलेक्स डिसी-१० बोतल र स्पास्मो प्रोक्सिभन-११४ क्याप्सुल फेला पारी बरामद गरिएको हो । विशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना उपर   जिल्ला प्रहरी कार्यालय सुनसरीबाट  कानुनी कारबाही अगाडी बढाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.