Websoft University

डाका र चोरी गर्ने ४ जना पक्राउ


सुनसरी साउन१३ गते । रातो तारा डट कम, सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.०४ स्थित पुर्व वस स्टेण्डमा धरानवाट ईटहरी तर्फ आउँदै गरेको बसमा सवार भई जिल्ला सुनसरी ईटहरी धरान उपमहानगरपालिका वडा न. ०८ सिद्दकाली चोक बस्ने वर्ष ५७ को डम्बर प्रसाद वास्तोला पनि कामदारलाई तलव दिन भनि साथमा नगद लिई ईटहरी तर्फ आउँदै गर्दा, उक्त वसमा पक्राउ परेका हुन।
पक्राउमा परेका ४ जना मानिस र अन्य फरार २ जना समेत सवार रहेको अवस्थमा, ईटहरीको ट्याङ्ग्रा खोला पुल नजिक पुगेपछी निज पिडित डम्बर प्रसाद वास्तोला उक्त बसवाट झर्न लाग्दा निज प्रतिवादिहरुले डाका चोरी गरी डम्बर प्रसाद बास्तोलाको साथमा रहेको नगद रु.९७,६००्( लगी तत्काल भागी फरार रहेकोमा घट्नाको सुचना प्राप्त हुनासाथ यस कार्यालयवाट खटिएको प्रहरी टोलीले फरार मध्ये कमल लामालाई तत्काल पक्राउ गर्न सफल भएको र खोजतलास कै क्रममा जित बहादुर ट्वाटि श्रेष्ठ, सुजन तामाङ भन्ने सन बहादुर लामा तामाङ र चिउनी भन्ने युबराज लामालाई ११ गते जिल्ला सुनसरी ईटहरीको उ.म.न.पा. वडा नं. २० तरहरावाट पक्राउ गरी डाका चोरी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतवाट म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको,पक्राउ प्रतिवादीहरुको साथवाट  रु.१२,९०० , वरामद भएको  थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा प्रतिवादी कमल लामालाई यस भन्दा अगाडी पनि महानगरीय प्रहरी वृत लैनचौरले मिति २०७२।०४।१४ मा डाका चोरी मुद्दामा र महानगरीय प्रहरी वृत गौशलाले मिति २०७५।०५।२७ मा अभद्र व्यवहार शिर्षकमा मुद्दा चलाई सकेको, अर्का प्रतिवादी सुजन तामाङ भन्ने सन बहादुर लामा तामाङलाई महानगरीय प्रहरी परिसरले मिति २०७२।०३।२३ मा के।सा।अ।, मिति २०७६।०२।२९ मा डाका चोरी, महानगरीय प्रहरी वृत चापागाउँले मिति २०७२।०४।११ मा अभद्र व्यवहार, महानगरीय प्रहरी वृत वानेश्‍वरले मिति २०७१।०४।१५ गते के।सा।अ, महानगरीय प्रहरी वृत महाराजगञ्जले मिति २०७४।०६।२५ र मिति २०७४।०९।१२ मा अभद्र व्यवहार, महानगरीय प्रहरी वृत कालिमाटिले मिति २०७४।१२।१५ मा अभद्र व्यवहार मुद्दा शिर्षकमा मुद्दा चलाएको देखिएको, यसै गरी पक्राउ प्रतिवादीहरु मध्ये नै अर्का प्रतिवादी जित बहादुर ट्वाटी श्रेष्ठलाई महानगरीय प्रहरी वृत गौशलाले मिति २०७२।१२।०२ मा  र महानगरीय प्रहरी वृत कालिमाटिले मिति २०७६।०४।१५ मा अभद्र व्यबहार मुद्दा शिर्षकमा मुद्दा चलाएको खुल्न आएको, यस घट्नामा अन्य २ जना प्रतिवादि समेत संलग्न रहेको र निजहरु हालसम्म फरार रहेको हुँदा निजहरुको समेत खोजतलास भईरहेको । प्रतिवादीहरु पहिला देखिनै पेशाको रुपमा चोरी, डाका, पकेटमारीमा संलग्न हुँदै आएको । यसै क्रममा मिति २०७७।०४।०८ गते निजहरुले सुमो रिजर्भ गरी काठमाण्डौ देखि पुर्व क्षेत्र सुनसरी, मोरङ र झापा लगायतका जिल्लाहरुलाई टार्गेट गरी लुटपाट चोरी डकैती पकेटमारी गर्न भनि आई धरानमा रहेको होटलमा कोठा भाडा लिई बस्दै आएको समेत प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको ।
पक्राउ प्रतिवादीहरुको विवरणः-
१.जिल्ला काभ्रे रोसी गा।पा। वडा नं। ०३ सिखरटोल वस्ने रामचन्द्र श्रेष्ठको छोरा बर्ष ३६ को जित बहादुर ट्वाटी श्रेष्ठ ।
२ .ऐ।ऐ। भुङ्लो गा।पा। वडा नं। ०८ गरुङ टोल वस्ने ठुलोकान्छा तामाङको छोरा वर्ष ३२ को सुजन तामाङ भन्ने सन बहादुर लामा तामाङ ।
३. ऐ।ऐ। रोसि गा।पा। वडा नं। ०५ सेलगाउँ टोल वस्ने ढावा लामाको छोरा वर्ष २२ को चिउनी भन्ने युबराज लामा ।
४. ऐ।ऐ। तिमाल गा।पा। वडा नं। ०२ धुँवाकोट टोल वस्ने जितमान लामाको छोरा वर्ष २६ को कमल लामा उहेका छन।
                                                                                                              

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.