Websoft University

बिराटनगरमा श्रीराधाकृष्ण रथयात्रा र झुलन महोत्सव पनि रोकियो

यो वर्ष नहुने-

बिराटनगर असार २७ गते । रातो तारा डट कम,विराटनगरमा प्रत्येक वर्ष हुने गरेको श्रीराधाकृष्ण रथयात्रा यस पटक नहुने भएको छ । एसियाकै ठूला रथयात्रा मध्ये मानिएको राधाकृष्ण रथयात्रा कोरोना कहरका कारण यस पटक स्थगित गर्ने निर्णय रथयात्रा सञ्चालक समितिले गरेको छ ।

राधाकृष्ण रथयात्रा सञ्चालक समितिले शनिबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी रथयात्रा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको हो । रथयात्रा यस पटक साउन २८ गते आयोजना गर्नु पर्ने थियो ।

रथयात्रा अगाडि आयोजना हुने झुलन महोत्सव पनि यस पटक सञ्चालन नहुने बताइएको छ । सार्वजनिक प्रयोजनमा रथयात्रा नगरेपनि मन्दिर परिसरमा रथयात्राको विधि भने सञ्चालन हुने अध्यक्ष बाबुराजा ओझाले बताउनुभएको छ ।

विगराटनगरमा हुने श्रीराधाकृष्ण रथयात्रामा लाखौं भक्तजनहरु सहभागी हुने गरेका छन् । पूर्वी नेपाल र सिमाावर्ती भारतका विभिन्न ठाउँबाट रथयात्रा अवलोकनका लागि मानिसहरु आउने गरेका छन् । बिक्रम सम्बत १९८८ सालमा खटयात्राको रुपमा सुरुभएको यो जात्रा पछिल्लो समय रथयात्राको नाममा परिचित छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.