Websoft University

प्रदेश १ मा १३ संक्रमित थपिए, ७ डिस्चार्ज


विराटनगर २७ असार । रातो तारा डट कम, प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरी र उदयपुरमा ४–४, मोरंगमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, उदयपुरको बेलकाका ४ पुरुष, मोरंगको विराटनगरका २ पुरुष, सुन्दरहरैचाका १ पूरुष र झापाको भद्रपुरका २ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ ।

 प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा, इलाम, मोरंगका २–२ र सुनसरीका १ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेहरु असार १२ देखि १७ गते सम्म भर्ना भएकाहरु रहेको अस्पताल व्यवस्थापन समिति सदस्य ध्रुव उरावले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.