Websoft University

रामपुर वजार र आसपासको क्षेत्र मंगलबार देखी अनिश्चीतकालको लागी बन्द

गाईघाट  साउन ६ गते । रातो तारा डट कम,एकै दिन आठ जना कोरोना संक्रमीत भेटीए संगै उदयपुरको रामपुर वजार र आसपासको क्षेत्र मंगलबार देखी अनिश्चीतकालको लागी बन्द गरीएको छ । वेलका नगरपालीकाले सार्वजानिक सुचना जारी गर्दै बजार, पसल, यातायात सबै बन्द गर्न अपिल गरे संगै दिउसो देखी पुरै बजार बन्द भएको हो । वेलका नगरपालीकामा २ वर्षिया बालीका र ७० बर्षिया वृद्धा सहित ८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । वेलका क्वारेन्टीनमा रहेका र विदेश बाट आएको ८ जनाको स्वाब संकलन गरी धरान स्थीत बिपि स्वास्थ्य प्रतिष्ठान पठाइएको सवैमा रिपोर्ट पोजेटिभ आएको प्रमुख सुबेदी ले बताए । वेलका नगरपालीका को वडा न १ मा एक पुरुष, वडा न २ मा एक पुरुष, वडा न ४ र ५ मा एक एक पुरुष र वडा न ९ मा एक २ वर्षिया बालीका ,उनका २७ वर्षिया आमा, ४० वर्षिय बुवा र घरमा काम गर्ने ७० वर्षिया वृद्धा गरी ८ जनामा कोरोना देखीएको प्रमुख सुवेदीले बताए । यस अघि बालीकाको ७० वर्षिय हजुर बुवामा कोरोना देखीए पछी परीवारका अन्य सदस्यको स्वाब परिक्षण गराउदा कोरोना पुष्टि भएको वेलका नगरपालीकाका स्वास्थ्य प्रमुख कमल चौधरीले बताए । संक्रमित वृद्ध मा सामान्य रुघा खोकी लागे पछी गत बिहिबार वृद्धाको बिराटनगरमा स्वाब परिक्षण गरीएको थियो । परिक्षण रिपोर्टमा उनमा कोरोना पुष्टि भएको थियो । उनको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसनमा उपचार भैरहेको छ ।मंगलबार कोरोना पुष्टि भएका ८ मध्ये ४ जना बिदेश बाट आएर बेलका क्वारेन्टीनमा बस्दै आएको  थिए । भने अन्य चार जना भने समुदाय बस्दै आएका थिए । उनीहरुको यात्रा इतिहास  कतै नगएको देखीएको वेलका नगरपालीका का मेयर दुर्गा थापा ले बताए । वेलकामा यस अघि पनि समुदाय बाहिर कतै नगएको वडा अधक्ष्य सहित चार जनामा कोरोना संक्रमण देखीएको थियो । आइसोलेसनमा भर्ना भएका उनीहरु सवै  जना मंगलबार  डिस्चार्ज भएका छन ।नया संक्रमीत ४ जना लाई चौदण्डीगढी नगरपालीकाले वेलटारमा बनाएको कोरोना  अस्पतालमा भर्ना गरीएको र बाकि ४ जना लाई बाहिर लाने तैयारी भैरहेको चौदण्डीगढी नगरपालीकाका मेयर खगेन्द्र राई ले बताए । उदयपुरमा कोरोना संक्रमितको संख्या ८५ पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.