Websoft University

संसदीय समितिले निर्माणाधिन धरहरा, काष्ठमाण्डप र रानीपोखरीको अवलोकन गरे


काठमाण्डौ असार ३० गते । रातो तारा डट कम,संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमाण्डप र रानीपोखरीको अवलोकन गरेको छ । समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज ती क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी लिएको हो । 

अवलोकनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सभाहलमा समिति सदस्यले प्रबलीकरण भइरहेको मुख्य प्रशासनिक भवन सिंहदरबारको पछिल्लो अवस्थाबारे जानकारी पनि लिएका छन् । समिति सभापति खड्काले विभिन्न समस्याको बाबजुद सन्तोषजनक ढंगले पुनर्निर्माण जारी रहेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पुनर्निर्माणमा रहेका समस्या समाधानका लागि समितिले सहयोग गर्ने बताउनुभयो ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गर्दै धरहरा, रानीपोखरी, सिंहदरबार लगायतमा पुनर्निर्माणका कार्य अघि बढाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनु
भयो । उहाँले संसदका समितिबाट प्राप्त सुझाव तथा निर्देशनले पुनर्निर्माणका कार्य गर्न थप सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.