Websoft University

कृषि समचार– मोरङ कटहरीको घिरौला खेती


तेजेन्द्र भण्डारीस्वतन्त्र पत्रकार,
कृषि समचार–घिरौला खेती,बिराटनगर असार ३० गते । रातो तारा डट कम,मोरङका बिभिन्न ठाउमा तरकारी खेती गरिदै आएको भए पनि सरकारको राम्रो सहयोग नहुदा कृषकहरुको गुनासोहरु पनि बढे्को पाइन्छ । १ नम्वर प्रदेशको राजधानी बिराटनगरको नजिकै कटहरी गाउपालिका रहेकोछ । सो ठाउमा कृषिका अन्या बालिहरु भन्दा तरकारी खेती बढी उत्पादन हुने भएकाले त्यस ठाउका कृषकहरुले तरकारी खेती गर्न बढी रुचाएको पाइन्छ ।

तरकारी मध्येको सबै भन्दा मानिस हरुलाई मनपर्ने तरकारी घिरौला पनि हो । यो घिरौलाको खेती कटहरी गाउँपालिका क्षेत्रमा प्रसस्तै गरेको पाइन्छ । घिरौलाको उत्पादनको खासै सिजन नहुने भएकाले यसको खेती तराई पहाड सबै ठाउँमा लगाएको पाइन्छ । यो घिरौलाको खेती गर्दा खासै मलको धेरै आवश्यकता नपर्ने भएकाले घिरौला प्राया सबै अर्गानिक नै उत्पादन हुने गरेको पाइन्छ ।

घिरौला खाएमा मानिसको छाला चाउरी पर्न बाट जोगिने अनुहार सफा हुने पेट साफ रहने जस्ता धेरै औषधिय गुणले परिपुरक भएको हुनाले मानिसहरु घिरौलाको तरकारी खान रुचाउने गरेको पाइन्छ ।घिरौला एक किसिमको नरम मानिसहरुलाई मन पर्ने अर्गानिक तरकारी हो । यो घिरौलाको तरकारी खेती गरेरै कटहरुको धेरै किसान लाभान्भित भएका छन । 

घिरौलाको तरकारीको खेती उत्पादनमा जुटेका कृषकहरु भन्छन, सरकारले आफनै देशका कृषकहरुलाई  सहयोग गरेर तरकारीमा आंत्मा निर्भर हुनु पर्ने हो, तर सरकार चै आफना किसानहरुलाई सहयोग नगरेर बिषाधी युक्त तरकारी भारतबाट ल्याउन प्रोत्सान गर्ने गरेकोपाइन्छ । 

अहिले भारतबाट कुनै तरकारी नल्याए पनि नेपालकै किसाहरुले उत्पादन गरेको हरियो तरकारीले देश भरी सरकारले चाहेको खण्डमा आपुर्ति गर्न सकिन्छ तर सरकार भने आफना किसानहरुको कुरै सुन्दैन ।

सरकारको कृषि मन्त्रालय कृषि बिभागले यस्ता कुरामा ध्यान दिएर भारत बाट मगाइने बिषाधी युक्त तरकारी फलफुल देशै भरी आउने वा  ल्याउन बन्दै गर्नु पर्छ किसाहरु भन्छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.